• २१ भदौ २०८३, आइतबार
  • ६ः०० बेलुका

आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६.७७ विन्दुमा

प्रकाशित मिति

२०७९ श्रावण १८ गते, बुधबार ०४:१०

१८ साउन २०७९, काठमाडौं: सेयर बजारमा आज पनि करेक्सन देखिएको छ। केही दिन निरन्तर उकालो लागेको सेयर बजारमा मंगलबारदेखि करेक्सन देखिएको हो। आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६.७७ विन्दुमा पुगेको छ। नेप्‍से घटेपनि मंगलबारको तुलनामा कारोबार रकम भने वृद्धि भएको छ। आज २१८ कम्पनीको ९५ लाख ४२ हजार ६०७ कित्ता सेयर ४ अर्ब २ करोड ९९ लाख ४ हजार २५१ रुपैयाँमा खरिदबिक्री भयो।

National Life

मंगलबार ३ अर्ब २९ करोड बराबरको सेयर कारोबार भएको थियो। त्यसदिन नेप्से २.७६ अंकले घटेर २१९३.४८ विन्दुमा बन्द भएको थियो। यस दिन कारोबारमा आएका १३ समूहमध्ये ४ को मात्रै सूचक बढ्‍यो। ट्रेडिङ समूहको सूचक ३.८१ प्रतिशतले बढ्दा हाइड्रोपावरकको १.६४, माइक्रोफाइनान्सको ०.१५ र म्युचुअल फन्डको ०.२२ प्रतिशतले बढ्यो। अदर्श समूहको भने १.११ प्रतिशतले सूचक घट्यो।


यसदिन दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढ्यो। सामलिङ पावर र बलेफी हाइड्रोपावरको क्रमश ९.९९ र ९.९७ प्रतिशतले सेयर मूल्य बढेको हो। २५ करोड बढीको सेयर कारोबार गरी शिवम् सिमेन्ट्स शीर्षस्थानमा रह्यो। अपी पावर कम्पनी १५ करोड बढीको कारोबार गरी दोस्रो स्थानमा रह्यो।

Classic Tech Desktop

प्रतिकृया