• २ असोज २०८३, शुक्रबार
  • ४ः२२ बेलुका

सिटिजन बैंकको नाफा २४ प्रतिशतले बढ्यो, नेटवर्थ कति ?

प्रकाशित मिति

२०७९ श्रावण ११ गते, बुधबार ०६:२९

११ साउन २०७९, काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेशनलको खुद नाफा २४.७६ प्रतिशतले बृद्धि गरेको छ । बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा बैंकले नाफा रकम २४.७६ प्रतिशतले बढाएको हो । अघिल्लो बर्ष एक अर्ब ८० करोड ४३ लाख ४१ हजार नाफा आर्जन गरेको सिटिजन बैंकले समीक्षा अवधिसम्म २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको हो ।

National Life

खुद ब्याज र सञ्चालन मुनाफामा उल्लेख्य सुधार आएका कारण बैंकको नाफा बढ्न सहयोग पुगेको देखिन्छ । गत आर्थिक बर्ष २०७८/७९ को असार मसान्तसम्म बैंकले खुद ब्याज आम्दानी ४०.२९ प्रतिशत र सञ्चालन मुनाफा २४.९४ प्रतिशतले बृद्धि गरेको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा रकम एक अर्ब ४२ करोड ४६ लाख ४५ हजार रुपैयाँ रहेको छ भने खराब कर्जा १४ प्रतिशतभन्दा बढीले बृद्धि भई १.८७ प्रतिशत कायम भएको छ ।


अघिल्लो बर्ष सोही अवधिमा बैंकको खराब कर्जा १.६४ प्रतिशत रहेको थियो । त्यस्तै, चुक्ता पूँजी १२.९१ प्रतिशतले बढाएको सिटिजन बैंकको जगेडा कोष ०.८० प्रतिशतले घट्दा निक्षेप ८.६५ प्रतिशत र कर्जा १०.६८ प्रतिशतले बढेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया