• १३ असोज २०८३, मंगलबार
  • २ः०१ दिउँसो

क्रिस्टल प्यालेसमाथि युनाइटेडको जित

प्रकाशित मिति

२०७९ श्रावण ४ गते, बुधबार ०६:४२

४ साउन २०७९, काठमाडौँ : प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलियामा रहेको इङ्ग्लिस क्लब म्यानचेस्टर युनाईटेडले मैत्रीपूर्ण खेलमा क्रिस्टल प्यालेसलाई ३-१ अन्तरले हराएको छ । मेलबर्नमा मंगलबार युनाइटेडको जितमा एन्थोनी मार्सियल, मार्कोस रासफोर्ड र जाडोन सान्चोले एक एक गोल गरे । क्रिस्टल प्यालेसका जोएल वार्डले एक गोल फर्काए ।

National Life

प्रि(सिजन टुरमा अष्ट्रेलिया रहेको युनाइटेडको यो लगातार तेस्रो जित हो । यस अघि युनाइटेड लिभरपुललाई ४-० र मेलबर्न भिक्ट्रीलाई ४-१ ले हराएको थियो ।

प्रतिकृया