• १४ असोज २०८३, बुधबार
  • ५ः१४ बेलुका

महिला युरो : इटालीमाथि फ्रान्सको सहज जित

प्रकाशित मिति

२०७९ असार २७ गते, सोमबार ०८:२८

२७ असार २०७९, काठमाडौँ : फ्रान्सले आइतबार राति महिला युरोपियन च्यााम्पियनसिप-२०२२ मा सानदार सुरुआत गर्ने क्रममा इटालीमाथि ५-१ को जित निकालेको छ। समूह ‘डी’ अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) की मिडफिल्डर ग्रेस गिएरो युरो च्याम्पियनसिपमा पहिलो हाफमै ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी समेत बनिन् । फ्रान्सका लागि गिएरोको यो ५०औं खेल थियो ।

National Life

फ्रान्सले सबैखाले प्रतियोगिता गरि आफ्नो जित यात्रालाई १५ खेल सम्म कायम राखेको छ । खेलको नवौ मिनेटमा गिएरोको गोलमा फ्रान्सले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै म्यारी एन्टोनेटी काटोटाले फ्रान्सको अग्रता दोब्बर पारिन् ।३८औं मिनेटमा डेल्फिने कास्कारिनोले फ्रान्सको अग्रता थप बढाएकी थिइन । त्यसको दुई मिनेटपछि गिएरोले फ्रान्सलाई फराकिलो जिततर्फ अघि बढाएकी थिइन् ।


पहिलो हाफको अन्तिम मिनेटमा गिएरोले ह्याट्रिक पूरा गर्दै फ्रान्सको अग्रता ५-० मा पुर्याइन् । ७६औं मिनेटमा इटालीका लागि मार्टिना पाइमोन्टेले सान्त्वना गोल गरिन् । समूह ‘डी’ कै अर्को खेलमा बेल्जियम र आइसल्यान्डले भने १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया