• २८ भदौ २०८३, आइतबार
  • ७ः५७ बेलुका

डिशहोमद्वारा २ लाख पुरस्कार राशी वितरण

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार १२:४६

२३ असार २०७९ काठमाडौंः एक वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमले आफ्ना ग्राहकहरुलाई १/१ लाखको पुरस्कार राशी वितरण गरेको छ। सो पुरस्कारको राशी डिशहोमका डिलरदाई स्ट्रोम नेटवर्क प्रा.लि.का मंगल गुरुङ् तथा डिशहोमका क्षेत्रिय विक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको हो।

National Life

काठमाडौं बालुवाटार निवासी डा. वेदप्रकाश उप्रेती र बत्तिसपुतली निवासी बिन्दा रेग्मीले यस योजना अन्तर्गत हरेक हप्ता गरिने लक्की ड्र मा रुपैयाँ १/१ लाख जित्न सफल भएका हो।एक वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु १ लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन्।


डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्ने हुन्छ।यस लक्कि ड्र हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमको रियालिटी टिभी, रमाईलो एच।डी, सरोकार टिभी, नेपा च्यानल, तथा डिशहोम शोकेसमा प्रत्यक्ष प्रशारण हुने गर्दछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया