• २८ भदौ २०८३, आइतबार
  • ७ः१३ बेलुका

साझाका बिजुली बस आजदेखि चल्ने, बसका चालक र सहचालक महिला हुने

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार १२:२४

२३ असार २०७९ काठमाडौंः साझा यातायातले नेपालमा पहिलो पटक बिजुली बस चलाउन सुरु गर्दैछ । इन्धनको भाउ आकासिएसँगै साझाले सुविधा सम्पन्न बिजुली बस चलाउने भएको हो। रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्ट रुटमा २ वटा बस चल्ने छन् भने लगनखेल, रत्नपार्क हुँदै बुढानीलकण्ठ रुटमा अर्को बस गरी तीन वटा चल्नेछ।बसका चालक र सहचालक महिला हुने कम्पनीले जनाएको छ ।

National Life

यसको मुख्य विशेषता भनेको अपाङ्गमैत्री हो । अपाङ्गता भएकाहरू ह्वील चियरको सहायताले चढ्नरओर्लन सक्ने छन् भने उनीहरुलाई छुट्टै सिटको व्यवस्था गरिएको छ।चालक, परिचालक, अपाङ्गता, महिला सिट, ज्येष्ठ नागरिक गरी बसमा २६ वटा सिट छ। उभिएर यात्रा गर्न परे ह्यान्डल बार राखिएको छ ।


यी बसमा चोरी डकैती, पकेटमारको समस्याबाट यात्रु मुक्त हुने छन् । सीसीटीभी, टिभी, जडान गरिएकाले पूर्ण सुरक्षाको प्रत्याभूत यात्रुले गर्ने छन् ।यात्रा अवधिमा यात्रुलाई एक्लो महसुस हुने छैन।बसमा वाइफाइको सुविधा छ।फोहर व्यवस्थापनको लागि डस्टविन पनि छ।यात्रु ओर्लने सुचना दिनको लागि विशेष बटमको सुविधा छ । त्यो वटम यात्रुले आफ्नो स्थान आउने बित्तिकै थिच्न सक्छन् । १ सय ६१ दशमलव २८ किलो वाटको बसको ब्याट्रीलाई ५ घण्टा चार्ज गर्दा २ सय किलोमिटर गुड्ने बताइएको छ।यस्ता बसहरू थप्दै जाने साझाको तयारी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया