• 3:02 pm

नेपालको लगातार दोस्रो जित, ओन्टारियो ५५ रनले पराजित

प्रकाशित मिति

२०७९ असार २० गते, सोमबार ०६:४०

२० असार २०७९, काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले पराजित गरेको छ। आइतबार राति नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रन मात्र बनाउन सक्यो ।


त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो जित हो । एकदिवसीय फर्म्याटको पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो।


क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलेको हो । अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

प्रतिकृया