• १५ साउन २०८३, शुक्रबार
  • २:१३ बिहान

सवारी चालकलाई सचेतना जगाउने र अनुशासित बनाउने ट्राफिक बोर्ड

प्रकाशित मिति

२०७९ असार १३ गते, सोमबार ०२:०२

१३ असार २०७९ काठमाडौंः काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई सचेतना जगाउन र स्व-अनुशासित बनाउन ट्राफिकमैत्री बोर्डहरू राख्ने अभियान आजदेखि संचालन गरेको छ । यस जनचेतनासँगै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने उपर कारवाही अभियानलाई पनि तीव्रता बनाएको छ । काठमाडौँ उपत्यकाको सडकहरूमा ट्राफिक नियम उल्लंघन गरे वापत लाग्ने जरिवाना सम्बन्धी लेखिएको सुचनामूलक बोर्डहरू ५७ स्थानमा राखेको छ।


‘दुर्घटना कम गर्ने र सडक अनुशासन कायम गर्न कानुनमै भए अनुसारको सचेतनाका लागि सूचना टाँस गरेका हौं।’ प्रमुख एसएसपी उमेश राज जोशीले बताउनुभयो ।

Kamana Sewa

‘बोर्डमा सवारी नियम जरिवानासम्बन्धी बिभिन्न जनचेतनामूलक कुराहरु राखेका छौ,’ उहाँले भन्नुभयो, ‘यसले सडक प्रयोग गर्नेहरुलाइ सचेत गराउने र दुर्घटना न्यूनिकरणमा सहयोग पुर्‍याउने अपेक्षा छ ।’ यस्ता बोर्डहरू माईतीघर, सिंहदरवार, पद्मोदय, पुत्तलीसडक, सीतापाईला, हलचोक, सामाखुशी, नयाँबसपार्क, माछापोखरी, बालजु, गगंबु, ग्रीनल्याण्ड, सल्लाघारी, सुर्यविनायक, जगाती, ग्वार्को, सातदोबाटो, महालक्ष्मीस्थान लगायत उपत्यकाको विभिन्न स्थानहरूमा सडकको वीच भागमा राखिएका छन । ट्राफिक नियम पालना गरी सभ्य सडक संस्कृतिको विकास गर्न प्रयोकर्ताहरूलाई ट्राफिक प्रहरीले विशेष अनुरोध गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया