• १४ असोज २०८३, बुधबार
  • ८ः०६ राती

एनओसी अवार्ड: गौरिका र प्रिन्स उत्कृष्ट खेलाडी घोषित

प्रकाशित मिति

२०७९ असार १० गते, शुक्रबार ११:०३

१० असार २०७९ काठमाडौंः अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले बिहीवार आयोजना गरेको एनओसी अवार्डमा पौडीबाज गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाल एनओसी सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले बिहीवार आयोजना गरेको एनओसी अवार्डमा पौडीकी गौरिकालाई उत्कृष्ट महिला तथा प्रिन्सलाई उत्कृष्ट पुरुष खेलाडीको रूपमा सम्मान गरेको हो।

National Life

वर्षभरको प्रदर्शन र उपलब्धिको आधारमा ओलम्पिक कमिटिले गौरिका र प्रिन्सलाई उत्कृष्ट खेलाडीको रूपमा सम्मान गरेको हो। यसैगरी तेक्वान्दोकी संगीना वैद्यले उत्कृष्ट महिला प्रशिक्षकको सम्मान पाउँदा पुरुषतर्फ दीपक मगरले उत्कृष्ट प्रशिक्षकको सम्मान प्राप्त गरे। नेपाल तेक्वान्दो संघ उत्कृष्ट संघ घोषित भयो। बिबिसीका वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशीले एनओसी अवार्डअन्तर्गत सर्वोत्कृष्ट मल्टिमिडिया पत्रकारको पुरस्कार पाउँदा कान्तिपुर दैनिकका राजु घिसिङले छापा माध्यमतर्फ सर्वोत्कृष्ट पत्रकार घोषित भए। यसैगरी, फोटो पत्रकारको विधामा गोरखापत्रका राजेन्द्र चित्रकार पुरस्कृत हुँदा श्रव्य दृष्यतर्फ कान्तिपुर टेलिभिजनकी सविना कार्कीले सर्वोत्कृष्ट पत्रकारको पुरस्कार पाइन्। उत्कृष्ट सबैले सम्मान पत्र, ट्रफी र नगद ५० हजार रुपैयाँ प्राप्त गरे।


यस्तै, राखेपका पूर्व सदस्यसचिव स्वर्गीय शरदचन्द्र शाह, ओलम्पिक कमिटीका पूर्व अध्यक्ष स्वर्गीय रुक्म शमशेर राणा, एनओसीका सल्लाहकार लोक भक्त राना, ओलम्पिक कमिटिका मानार्थ अध्यक्ष ध्रबबहादुर प्रधान, नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता तथा ओलम्पियन जितबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग)का कीर्तिमानी खेलाडी वैकुण्ठ मानन्धर, पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम थापा, स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, सिनियर खेल पत्रकार श्याम चित्रकार, पहिलो महिला ब्लयाक बेल्ट पाएका सुधासेन मल्ल र महिला राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी एनओसी प्रेसिडेन्टन रिकगनाइजेसन अवार्डबाट सम्मानित भए।

Classic Tech Mobile
Classic Tech Desktop

अन्तर्राष्ट्रिय ओलम्पिकको अवसरमा आयोजना गरिएको अवार्ड विजेतालाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, राखेप सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका निर्देशक
चतुरानन्द राजवैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले अवार्ड प्रदान गरेका थिए।

प्रतिकृया