• १४ असोज २०८३, बुधबार
  • ४ः४३ बेलुका

एन्फ अध्यक्षमा नेम्वाङ विजयी भएपछि अलमुताएरी नेपाल नफर्किने संकेत

प्रकाशित मिति

२०७९ असार ७ गते, मंगलवार ०६:२५

७ असार २०७९, काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल नफर्किने संकेत गरेका छन्। सोमबार भएको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भए लगत्तै अलमुताइरीले सामाजिक सञ्जालमार्फत् यस्तो संकेत गरेका हुन्।

National Life

सोमबार नेम्बाङ निर्वाचित भएपछि इन्स्टाग्राममा स्टोरी राख्दै उनले नेपाल नफर्किने संकेत गरेका हुन्। गत वर्ष साउनमा अलमुतारइरीले नेम्बाङको कारण आफूले राजीनामा घोषणा गरेका थिए। उनले सामाजिक सञ्चालबाट राजीनामा घोषणा गरे पनि राजीनामा भने दिएका थिएनन्। प्रशिक्षक अलमुताइरी र खेलाडीबीच विवाद छ। प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट १० खेलाडीले वैशाख १० गते प्रशिक्षण नै छोडेका थिए।


आफ्नो पक्षमा बोल्ने व्यक्ति अध्यक्ष पदमा पराजित भएपछिएएफसी एसियन कप छनोटका लागि कुवेत पुगेका अलमुताइरीले नेपाल नफर्किने संकेत गरेका हुन्। उनले उक्त पोस्ट भने केही समयपछि नै सामाजिक सञ्जालबाट हटाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया