• १४ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

नेसन्स लिग : इटालीमाथि जर्मनीको सानदार जित

प्रकाशित मिति

२०७९ असार १ गते, बुधबार ०६:४७

१ असार २०७९, काठमाडौँ : यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटालीलाई हराएको छ । मंगलबार राति भएको खेलमा जर्मनीले इटालीलाई ५-२ गोल अन्तरले हराएको हो । जर्मनीलाई जित दिलाउन टिमो वेर्नेरले दुई गोल गरे । जोसुवा किमिच, इल्के गुण्डोगान, थोमस मुलरले एक एक गोल गरेका थिए ।

National Life

इटालीका विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले एक एक गोल गरेका थिए । यस जितसँगै जर्मनी लिग ए समूह ३ को दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीले ४ खेलमा ६ अंक जोडेको छ । इटाली ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिकृया