• 11:19 pm

नेपाल इन्डोनेसियासँग ७ गोल अन्तरले पराजित

प्रकाशित मिति

२०७९ असार १ गते, बुधबार ०६:३४

१ असार २०७९, काठमाडौं : एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले फराकिलो हार खाएको छ। कुवेतमा गयराति भएको खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको हो।


जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको हो। यो हारसँगै समूह ए मा रहेको नेपाल अंक बिहीन हुँदै प्रतियोगिता समापन भएको छ।


पहिलो खेलमा नेपाल जोर्डनसँग २-० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाललाई आयोजक कुवेतले ४-१ गोल अन्तरले हराएको थियो।

प्रतिकृया