• १४ असोज २०८३, बुधबार
  • ५ः४० बेलुका

नेपाल कुवेतसँग पराजित

प्रकाशित मिति

२०७९ जेष्ठ २९ गते, आईतवार ०६:२७

२९ जेठ २०७९, काठमाडौँ : मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी मैदानमा नै बेहोस भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले कुवेतसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको हो । कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे ।

National Life

यस्तै फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन गुरुङले एक गोल फर्काए । हारसँगै नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा छ । कुवेत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतिकृया