• १३ असोज २०८३, मंगलबार
  • ४ः०४ बेलुका

स्विडेन सर्वियासँग पराजित

प्रकाशित मिति

२०७९ जेष्ठ २७ गते, शुक्रबार ०८:००

२७ जेठ २०७९, काठमाडौँ : यूएईएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा स्विडेन पराजित भएको छ। घरेलु मैदानमा स्विडेन सर्वियासँग १–० ले पराजित भएको हो। सर्वियाको जितमा लुका जोभिकले गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक सावित भयो ।

National Life

खेलसँगै समूह बी ४ मा नर्वे तीन खेलबाट ७ अंक सहित शीर्षस्थानमा छ । समान खेलबाट ६ अंकको सर्विया दोस्रो स्थानमा छ । तीन अंकको स्विडेन र १ अंकको स्लोभेनिया क्रमशः तेस्रो र चोथो स्थानमा छन् ।

प्रतिकृया