• १४ असोज २०८३, बुधबार
  • ५ः१५ बेलुका

शहीद स्मारक सी डिभिजन लिगमा रानीवन स्पोर्ट्स क्लबको पाँचौँ जित

प्रकाशित मिति

२०७९ जेष्ठ १९ गते, बिहीबार ०६:१०

१९ जेठ २०७९, काठमाडौँ : शहीद स्मारक सी डिभिजन लिगमा रानीवन स्पोर्ट्स क्लबले पाँचौँ जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो भएको खेलमा रानीवनले वीरगन्ज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

National Life

रानीवनको लागि मिलन रेग्मी र कर्नेल देउवाले १–१ गोल गरे भने वीरगन्जको लागि भने सिद्धान्त अधिकारीले १ गोल फर्काए । खेलको ५४ औँ मिनेटमा मिलनले गोल गर्दै रानीवनलाई अग्रता दिलाए । खेलको ५५ औँ मिनेटमा कर्नेलले गोल गर्दै वीरगन्जको अग्रतालाई दोब्बर बनाए । खेलको इन्जुरी समयमा सिद्धान्तले वीरगन्जको लागि १ गोल गरे ।

प्रतिकृया