• १४ असोज २०८३, बुधबार
  • ९ः३२ राती

इटालीलाई हराउँदै अर्जेन्टिना च्याम्पियन

प्रकाशित मिति

२०७९ जेष्ठ १९ गते, बिहीबार ०६:३९

१९ जेठ २०७९, काठमाडौँ : दक्षिण अमेरिकन च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन इटालीबीचको भिडन्तमा अर्जेन्टिना विजयी भएको छ। फाइनलिसीमा नाम दिएको प्रतियोगिताको उपाधि जित्ने क्रममा अर्जेन्टिना ३-० ले विजयी भयो। इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लगि मार्टिनेजले २८ मिनेटमा पहिलो गोल गरेका थिए। कोपा अमेरिकन च्याम्पियन अर्जेन्टिनाका लागि डि मारियाले पहिलो हाफको इन्जुरी अग्रता दोब्बर पारे।

National Life

पहिलो हाफमा २-० ले अघि रहेको अर्जेन्टिनाका लागि डिबालाले दोस्रो हाफको इन्जुरी टाइममा अर्को गोल गरेका थिए।
युरोपियन र दक्षिण अमेरिकन च्याम्पियनबीच २९ वर्षपछि प्रतिस्पर्धा भएको हो। यसअघि पछिल्लो पटक सन् १९९३ मा अर्जेन्टिना र डेनमार्कबीच भएको भिडन्तमा अर्जेन्टिना पेनाल्टी सुटआउटमा विजयी भएको थियो।


यता बुधबार जित हात पारेसँगै अर्जेन्टिनाले आफ्नो अपराजित खेल संख्या ३२ खेलसम्म पुर्‍याएको छ। अर्जेन्टिना जुन २०१९ देखि अपराजित छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया