• २० असोज २०८३, मंगलबार
  • १२ः४४ दिउँसो

इलेक्ट्रिक स्कुटर लेभ्निङको सोरुम भ्रमण गर्दा सलमान खान शो को टिकट पाउन सकिने

प्रकाशित मिति

२०७९ जेष्ठ ९ गते, सोमबार ११:५७

९ जेठ २०७९, काठमाण्डौं : नेपाली बजारमा उपलब्ध प्रसिद्ध चिनियाँ इलेक्ट्रिक स्कुटर लेभ्निङको सोरुम भ्रमण गर्दा समेत सलमान खान शोको टिकट पाउन सकिने भएको छ । त्यसैगरी एक जनाले लेभ्निङ इलेक्ट्रिक स्कुटर समेत पाउने सम्भावना रहेको छ।

National Life

नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले यो स्किम ल्याएको हो । यस अनुसार लेभ्निङका कुनै पनि सोरुम भिजिट गर्दा लक्की ड्रमार्फत २ वटा सलमान खान शोको टिकट पाउन सकिने छ भने बम्परमा एक जनाले सो इलेक्ट्रिक स्कुटर पाउने छन् । सोरुममा गएर ग्राहकले स्कुटर टेस्ट राइड गर्नुका साथै एउटा फारम भर्नु पर्नेछ ।


आगामी मे २८ अर्थात जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने ‘टुबोर्ग द– बङ द टुर – रिलोडेड’ नामक सलमान खान शोलाई लक्ष्यित गरी यो स्किम ल्याएको बताइएको छ । नेपाली बजारमा लेभ्निङका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । बज्र ग्रुपले नेपाली बजारमा ३० वर्ष भन्दा लामो समय देखि सेवा प्रदान गर्दै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरणका लागि यसका देशभर ५ सय भन्दा बढी दक्ष कर्मचारीहरुको समूह छ । १० भन्दा बढी डिलर र ७ भन्दा बढी सर्भिस प्वाइन्टमार्फत यसले सेवा प्रदान गरिरहेको छ । चीनको सांघाईदेखि १६० किलोमिटर टाढा रहेको जियाङसु प्रान्तको चाङझाउ सहरमा अवस्थित लेभ्निङ ई–बाइकको स्थापना सन् १९९९ मा भएको थियो । लेभ्निङ ई–बाइकले नै लेभ्निङ कम्पनीको स्थापना गरेको थियो । यो चीनको तेस्रो सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी हो ।


यो दुई पांग्रे सवारीका सबै रेन्ज प्रदान गर्ने एक मात्र कम्पनी हो र वार्षिक रुपमा ३० लाख युनिट सवारी साधन उत्पादन गर्छ । त्यसैगरी यो कम्प्पनीका उत्पादन विश्वका ६० भन्दा बढी देशमा निर्यात हुन्छन् र यसरी निर्यात गर्ने दोस्रो ठूलो कम्पनी हो । ग्राहक सन्तुष्टिको आधारमा यो कम्पनीले पहिलो स्थान हासिल गरेको छ र जेडी पावरद्वारा यसका लागि ४ पटक पुरस्कृत भइसकेको छ । चीनमा यो कम्पनीका ५ हजार भन्दा बढी आउटलेट संचालित छन् ।


नेपाली बजारमा एलएक्स ०१, एलएक्स ०२, एलएक्स ०४, एलएक्स ०५, एलएक्स ०५ –डी, एलएक्स ०६, एलएक्स ०६ म्याक्स, एलएक्स ०८, एलएस ०१ र एम ०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ । काठमाडौं उपत्यकाको नक्साल, भैसेपाटी र बाफल, पाटनका साथै उपत्यका वाहिर धनगढी ,पाल्पा , पोखरा साथै नेपाल को २० ओटा नया सहर मा चाडै नया शोरुम संचालनमा आउदै छ ।

प्रतिकृया