बारामा आचारसंहिताविपरीत खुलेआम मादक पदार्थ बिक्री
प्रकाशित मिति
२०७९ बैशाख २९ गते, बिहीबार १२:४६
२९ बैशाख २०७९, काठमाण्डौं : बारामा आचारसंहिताविपरीत खुलेआम मादक पदार्थ बिक्री भएको छ । बारामा बुधबार राति खुलमखुला मदिरा बिक्री भएको हो । बाराको सबै पालिकामा खुलेआम मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवन भइरहेको पनि सम्बन्धित निकाय मैन देखिन्छ । बुधबार राति ९ बजेसम्म पनि बाराका बिभिन्न ठाँउमा मादक पदार्थ बिर्की भइरहेको थियो ।
सोमबार जारी गरेको सूचनामा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको कार्यान्वयनका लागि मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवनमा कडाइ गरेको उल्लेख छ तर बारामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश कागजमा मात्रै सीमित भएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन प्रशासनले मंगलबार राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन नगर्न नगराउन दिएको निर्देशनविपरीतका कार्य भइरहेका छन् ।
स्थानीय तहको निर्वाचनको मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । मौन अवधिमा राजनीतिक गतिविधिसहित मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बारामा १६ वटै पालिकामा हाल मादक पदार्थ निषेध भएकाले कोही कसैले उल्लंघन गरेको भए कारबाही गरिने जानकारी दिए ।








प्रतिकृया