• 10:44 pm

नेप्सेको सुधार कायमै, ४ दिनमा १२९ अंक बढ्यो

प्रकाशित मिति

२०७९ बैशाख २८ गते, बुधबार ०३:४६

२८ बैशाख २०७९, काठमाण्डौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ५६ अंकको सुधार आएको छ । कारोबार समयदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ५६ अंकले बढेर २३६९ अंकमा पुगेर बन्द भएको हो । यसक्रममा आज २ अर्ब १६ करोड ३९ लाख रुपैयाँ बराबरको ५३ लाख ३३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।


आज नेप्सेमा कारोबार भएका १३ वटै समूहमा सुधार आएको छ । यीमध्ये निर्जीवन बीमा समूहमा २४३ अंकको र जीवन बीमा समूहमा २१७ अंकको सुधार आएको छ । यस्तै, लघुवित्त समूह १५३ अंकले र विकास बैंक समूह १५० अंकले बढेको छ । यसैगरी, जलविद्युत समूहमा १३० अंकले र उत्पादनमूलक समूहमा ७० अंकको सुधार भएको छ । यसैगरी, अन्य समूहमा समेत सुधार आएको छ ।


नेप्से परिसूचक ५६ अंकले बढेको दिन आज ६ वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । ती कम्पनीहरूको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको सुधार आएको छ ।

प्रतिकृया