• १०:४३ २०८० चैत्र १६ गते
  • 10:43 am

मतदातालाई बाँड्दै गरेको १२ कार्टुन रक्सी बरामद

प्रकाशित मिति

२०७९ बैशाख २८ गते, बुधबार ०३:२८

star peti.jpg e1652262176640

२८ बैशाख २०७९, काठमाण्डौं : कपिलवस्तु नगरपालिका–३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेको छ । मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हो । लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको खबर प्राप्त भएपछि कपिलवस्तु प्रहरी गएर बरामद गरेको हो ।


प्रहरीले बाँड्न लागेको रक्सी सहितको भ्यान र मानिसलाई नियन्त्रणमा लिएको छ । १२ कार्टुन (२६ बोतल) रक्सीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी जेसी शाहले बताए ।


निवर्तमान वडा अध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ का उम्मेदवार प्रकाश गैरेले रक्सी बाँड्न लगाएको आरोप छ ।

प्रतिकृया