• १४ असोज २०८३, बुधबार
  • १०ः४१ राती

स्पेनिस ला लिगा : उपाधि रियल मड्रिडलाई

प्रकाशित मिति

२०७९ बैशाख १८ गते, आईतवार ०६:५१

१८ बैशाख २०७९, काठमाडौँ : स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले हात पारेको छ। गएराति भएको खेलमा स्पानियोललाई ४-० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो। रियलले ४ खेल बाँकी रहँदै उपाधि जितेको हो। रियलको यो ३५औं ला लिगा उपाधि हो। जितसँगै रियलले ३४ खेलमा ८१ अङ्क जोडेको छ।

National Life

घरेलु मैदानमा जितका लागि रोड्रिगोले दुई गोल गरे। खेलको ३३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुमा अग्रता दिलाएका थिए। ४३ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गरे। खेलको ५५ औं मिनेटमा मार्कुस एसेन्सियोले गोल गर्दै रियलको अग्रता तेब्बर बनाए।


त्यसैगरी खेलको ८१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई ४-० को जित दिलाए। जितसँगै रियलले ३४ खेलमा ८१ अंक जोडेको छ। रियल दोस्रो स्थानको सेभिया भन्दा १७ अंकले अघि छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया