• ४ साउन २०८३, सोमबार
  • ८:१५ बेलुका

आईपीएलमा पन्जाब र लखनउ भिड्दै

प्रकाशित मिति

२०७९ बैशाख १६ गते, शुक्रबार ०७:५०

१६ बैशाख २०७९, काठमाडौं : इण्डियन प्रिमियर लिग आईपिएलमा आज पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन् । भारतको पुणेमा दुई बीचको खेल राती पौने ८ बजे हुनेछ । प्रतियोगितामा लखनउ छैटौँ जितको खोजीमा छ । पञ्जाबले भने हालसम्म ४ खेल मात्र जितेको छ ।


यसअघि पन्जाब चेन्नाई सुपर किंग्ससँग ११ रनले पराजित भएको थियो । त्यस्तै लखनउले मुम्बई इण्डियन्सलाई ३६ रनले पराजित गरेको थियो । ८ खेलमा ५ मा जित निकालेको लखनउ १० अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । ८ खेलमा ५ मा जित निकालेको पन्जाब भने ८ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

Kamana Sewa

प्रतिकृया