• १४ असोज २०८३, बुधबार
  • ११ः२१ राती

आईपीएल : दिल्लीसँग कोलकत्ता चार विकेटले पराजित

प्रकाशित मिति

२०७९ बैशाख १६ गते, शुक्रबार ०७:२५

१६ बैशाख २०७९, काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ। सुरुङमा ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।

National Life

दिल्लीका लागि डेभिड वार्नर ४२, रोभम्यान पावेल ३३, अक्षर पटेलले २४ रन बनाउँदा ललित यादवले २२ तथा मिचेल मार्शले १३ रन जोडे। कोलकत्ताका उमेश यादवले तीन विकेट लिए। कोलकत्ताका लागि नितिश राना ५७, कप्तान श्रेयस एयरले ४२ रन जोड्दा रिन्कु सिंहले २३ रन मात्र बनाए। दिल्लीका कुलदिप यादवले ४ विकेट लिँदा मुस्ताफिजुर रहमानले ३ विकेट हात पारे।


यो जितसँगै दिल्लीले ८ खेलमा ८ अंकै जोडेको छ। दिल्ली आईपीएल अंक तालिकाको छैटौं स्थानमा छ। कोलकत्ताले ९ खेलमा ६ अंक जोडेको कोलकत्ता तालिकाको आठौं स्थानमा छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया