• २५ भदौ २०८३, बिहीबार
  • ७ः१३ बेलुका

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

प्रकाशित मिति

२०७९ बैशाख १३ गते, मंगलवार ०१:५५

१३ बैशाख २०७९, काठमाडौं देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । धनुषा, भक्तपुर, अर्घाखाँची, दार्चुला र सर्लाहीमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको हो ।

National Life

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गएराती भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराती साढे २ बजे तीन जना सवार लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । मृत्यु हुनेमध्ये हालसम्म एक जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । सनाखत भएकामा धनुषाकै जनकपुर उपमहानगरपालिका–४ का अन्दाजी १९ वर्षीय सुमित टिण्डेवाल रहेका छन् । अन्य २ जना मृतकको सनाखत हुन अझै बाँकी रहेको छ ।

प्रतिकृया