• २५ भदौ २०८३, बिहीबार
  • ६ः२७ बेलुका

आईएमफको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने

प्रकाशित मिति

२०७९ बैशाख १३ गते, मंगलवार ०२:०९

१३ वैशाख २०७८, काठमाडौं : बहुराष्ट्रिय निकायहरु विश्व बैंक र एसियाली विकास बैंककै प्रक्षेपणको निकट रहेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)ले नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको छ ।आईएमएफका अनुसार सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४।१ प्रतिशत रहने छ ।

National Life

यस वर्ष सरकारले बजेटमार्फत ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ । यद्दपी लक्ष्य अनुसार प्रगति भने प्राप्त नहुने सरकारले स्वीकार गरिसकेको छ । आइएमएफका अनुसार एसियाली भेगका विकाससिल मुलुकमा औसतः ५.४ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने छ ।


एसियाका विकसित मुलुकको भने २.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने छ । पुरै एसियाको भने ४.९ प्रतिशत आर्थिक वृद्धिदर रहने छ । दक्षिण एसियाली भेगमा भारतले ८.२, बंगलादेशले ६.४, श्रीलंकाले २.६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि विश्व बैंकले अघिल्लो साता ३.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको थियो ।

प्रतिकृया