• 1:57 am

नेप्सेमा ४.९४ अंकको सुधार

प्रकाशित मिति

२०७९ बैशाख ८ गते, बिहीबार ०४:००

वैशाख २०७९, काठमाण्डौं : आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । हिजो बुधबार ३६ अंकले घटेको नेप्से परिसूचक आज ४.९४ अंकले बढेको हो ।


यससँगै परिसूचक २३ सय २५ अंकमा पुगेको छ । यसक्रममा आज १ अर्ब ६२ करोड रुपैयाँ बराबरको ३९ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से साढे २ बजेदेखि उकालो लाग्न थालेको थियो । बन्द हुने समयसम्ममा आइपुग्दा सामान्य वृद्धि भयो ।


यसक्रममा आज कारोबार भएका १३ मध्ये ८ समूहमा सुधार आएको छ । जीवन बीमा समूहमा ७४ अंक, अन्य समूहमा ३५ र विकास बैंक समूहमा ३५ अंकको सुधार आउँदा होटल र टुरिजम समूहमा ३० अंकको सुधार आएको छ ।

प्रतिकृया