• २२ भदौ २०८३, सोमबार
  • २ः१३ राती

अक्सिजन प्लान्ट विस्फोट अपडेट : मृत्यु हुनेको संख्या दुई पुग्यो

प्रकाशित मिति

२०७९ बैशाख ८ गते, बिहीबार ०३:५९

८ वैशाख २०७९, काठमाडौं : ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २ पुगेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको मृत्यु भएपछि मृतक संख्या दुई पुगेको हो ।

National Life

बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट हुँदा भारत, पश्चिम चम्पारणका ४५ वर्षीय बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । घाइतेमध्ये भारत घर भइ हाल ललितपुर महानगरपालिका–१८ बस्ने २५ वर्षीय राजुकमार महतोको पनि मृत्यु भएको पाटन अस्पतालले पुष्टि गरेको बताइएको छ ।

प्रतिकृया