• २१ भदौ २०८३, आइतबार
  • १ः१५ राती

काठमाडौंमा राप्रपाको उम्मेदवार, मदनदासको सम्भावना

प्रकाशित मिति

२०७९ बैशाख ८ गते, बिहीबार ०३:०६

८ वैशाख २०७९, काठमाण्डौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको मेयरको उम्मेदवार कलाकार मदनदास श्रेष्ठलाई बनाउने भएको छ । पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

National Life

यद्यपि उनको नाम टुंगो लागिसकेको भने छैन । उनीसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाममा पनि छलफल भइरहेको राप्रपाका एक पदाधिकारीले बताए ।


अधिकारीले मानेमा उनलाई नै उम्मेदवार बनाउने राप्रपाको चाहना छ । तर उनले धेरै रुची नदेखाएको राप्रपाका एक पदाधिकारीले बताए ।

Classic Tech Desktop

ललितपुर महानगरपालिकामा भने राप्रपाबाट अष्ट महर्जन र हसिना शाक्य दाबेदार रहेका छन् र महर्जन राप्रपाको ललितपुर जिल्ला अध्यक्ष हुन् भने शाक्य ०७४ सालमा माओवादी केन्द्रबाट ललितपुर महानगरपालिकाको उपमेयरको उम्मेदवार थिइन् ।


पोखरा महानगरपालिकामा भने विश्व हिन्दू महासंघका उपाध्यक्ष शंकर खराल मेयरको उम्मेदवार बन्ने निश्चित भइसकेको राप्रपा नेताहरुले बताएका छन् ।


मेयरको उम्मेदवारका लागि विभिन्न व्यक्तिको विषयमा छलफल भइरहेको र शुक्रबारसम्मा टुंगोमा पुग्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले काठमाडौंसहितका महानगरपालिकामा भने तालमेल नगर्ने उनले बताए ।

प्रतिकृया