• ४ साउन २०८३, सोमबार
  • ७:३२ बेलुका

लक्ष्मी बैंकको २ नयाँ एक्सटेन्सन काउण्टर मधेश प्रदेशमा विस्तार

प्रकाशित मिति

२०७९ बैशाख ७ गते, बुधबार ०६:२९

७ बैशाख २०७९, काठमाडौँ : लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरहरु महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका छन् ।


यी एक्सटेन्सन काउन्टरहरुको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरू पुगेको छ ।

Kamana Sewa

यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

Classic Tech Desktop

साथै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, ए।टि।एम।, इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

प्रतिकृया