• २६ भदौ २०८३, शुक्रबार
  • ६ः०५ बेलुका

आमा बनिन् अभिनेत्री काजल अग्रवाल

प्रकाशित मिति

२०७९ बैशाख ७ गते, बुधबार ०६:३६

७ बैशाख २०७९, काठमाडौँ : दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन्। भारतीय सञ्चार माध्यम आजतकका अनुसार उनले मंगलबार छोरालाई जन्म दिएकी हुन्।

National Life

केही समय अगाडि काजलले आफू गर्भवती भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी थिइन्। उनले गर्भावस्थाको फोटो सुट समेत गरेकी थिइन्। तर, काजलले आफ्नो बच्चाको तस्बिर सार्वजनिक गरेकी छैनन्।


सन् २०२० को अक्टुबरमा काजलले व्यापारी गौतम किचलूसँग विवाह गरेकी थिइन्। दक्षिण भारतकी चर्चित अभिनेत्री काजलले ‘सिङ्घम’ मार्फत् बलिउडमा पनि डेब्यू गरेकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया