केकीले के गुपचुप विवाह गरेकी हुन् ?
प्रकाशित मिति
२०७९ बैशाख ७ गते, बुधबार ०६:०६
७ बैशाख २०७९, काठमाडौँ : अभिनेत्री केकी अधिकारीले बुधवार गुपचुप विवाह गरेको चर्चा फिल्म क्षेत्रमा भुसको आगो झैँ फैलिरहेको छ । आफू निकट सबैलाई गुपचुप विवाह गर्ने कुरा गर्दै आएकी उनी भव्य विवाहमा रुचि नभएको बताउँथिन् ।
उनका निकटतम सहकर्मीलाई समेत विवाह हो कि होइन भन्ने बारे पूर्णरुपमा जानकारी छैन । तर विवाहको हल्ला उनीहरूले पनि सुनेका छन् । केहीले भने उनको विवाह नभएर इन्गेजमेन्ट भएको सुनेको बताउँछन् । केकी नजिक रहेकी बेनिशा हमाल भन्छिन्, ‘मैले पनि हल्ला सुनेँ । मलाई पनि धेरै जनाले फोन गरेर सोधी सक्नुभयो । तर मलाई नै निम्तो भएन ।’
प्रेम र अफेयर कहिल्यै बाहिर नआएकी केकी प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रेटीको ‘प्राइभेसी’ भित्र पर्ने धारण राख्थिन् । त्यसैले पनि उनले विवाह बाहिर नल्याएको बताइन्छ । केकीले कोसँग विवाह र कहाँ विवाह गर्दैछिन् अहिले बाहिर आएको छैन । उनको प्रोडक्सन हाउससँग जोडिएको एक सदस्यले विवाह हो भन्ने सुनेको तर व्यक्ति अझै थाहा नभएको बताए ।
प्रतिकृया