• २० भदौ २०८३, शनिबार
  • ११ः५५ राती

धनुषामा बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान बैशााख ८ गतेदेखि सुरु

प्रकाशित मिति

२०७९ बैशाख ५ गते, सोमबार १०:३२

५ बैशाख २०७९, काठमाण्डौं : धनुषा जिल्लाको २५ वटै पालिकाका १५ महिनादेखि १५ वर्ष उमेरका २ लाख ९६ हजार ७ सय ७५ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । उक्त खोप अभियान वैशाख ८ गतेदेखि १६ गतेसम्म लगाइने भएको हो ।

National Life

सो अभियानलाई सफल र प्रभावकारी बनाउन १ हजार ६१ वटा खोप केन्द्रको स्थापना गरेको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख जुगलकिशोर यादवले बताए । साथै, सामुदायिक तथा संस्थागत विद्यालयसहित ७ सय ६२ वटा विद्यालयमा पनि खोप लगाउने धनुषाको स्वास्थ्य कार्यालयले जनाएको छ ।


विद्यालयमा जान नसकेका वा छुटेका बालबालिकालाई वडाको स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा पनि खोप दिने जनाइएको छ । उक्त अभियान सञ्चालनका लागि २ हजार १ सय २४ जना स्वयंसेवक परिचालन गरेको बताइएको छ । २ सय १५ वटा खोप टोलीसमेत परिचालन गरिने र १ सय ६८ जना स्थानीय सुपरभाइजर समेत खट्ने स्वास्थ्य कार्यालयका खोप अधिकृत राजदेव यादवले जानकारी दिए ।

Classic Tech Desktop

टाइफाइड दूषित पानी र बासी सडेगलेका खानेकुराबाट संक्रमण हुने रोग हो । यसलाई रोकथाम गर्नको लागि सरसफाइमा ध्यान दिनु पर्ने अधिकृत यादवले बताए ।

प्रतिकृया