• ७ साउन २०८३, बिहीबार
  • ३:३८ बिहान

महानगर र उप-महानगरबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै

प्रकाशित मिति

२०७९ बैशाख ३ गते, शनिबार ०९:३६

३ बैशाख २०७९ काठमाडौं : स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । शनिबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा महानगर र उपमहानगरको उम्मेदवारीका विषयमा छलफल हुने बताइएको छ।


सत्ता गठबन्धनले महानगर र उपमहानगरमा केन्द्रीय तहबाट चुनावी तालमेलको निर्णय लिने सहमति गरेपछि कांग्रेसले बैठक बोलाएको हो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले महानगर र उपमहानगरमा केन्द्रबाट तालमेलको निर्णय लिने सहमति गरेको थियो ।

Kamana Sewa

कांग्रेसको विधानले ११ उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार छनोटको अधिकार प्रदेश संसदीय समितिलाई दिएको छ । ६ वटा महानगरका प्रमुख र उपप्रमुखका उम्मेदवार भने केन्द्रीय संसदीय समितिले चयन गर्ने छ ।

Classic Tech Desktop

प्रतिकृया