• २५ भदौ २०८३, बिहीबार
  • १०ः२२ राती

दुई सय रुपैयाँले घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

प्रकाशित मिति

२०७८ चैत्र २८ गते, सोमबार ११:१५

२८ चैत २०७८, काठमाडौं : नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

National Life

आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर छ । आइतबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम भएको महासंघले जनाएको छ ।

प्रतिकृया