• २५ भदौ २०८३, बिहीबार
  • ११ः१५ राती

ज्योति विकास बैंकद्वारा घान्द्रुकको पहिलो ए.टि.एम. सञ्चालन

प्रकाशित मिति

२०७८ चैत्र २८ गते, सोमबार ११:०९

२८ चैत २०७८, काठमाडौं : ज्योति विकास बैंकले आइतबार अर्थात यहि चैत २७ गतेबाट चर्चित पर्यटकीय स्थल घान्द्रुक( कास्कीमा पहिलो ए.टि.एम. सेवा सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा नै ए.टि.एम. सञ्चालनमा ल्याएको बताएको छ ।

National Life

आइतबार आयोजित एक कार्यक्रममाअन्नपुर्ण गाउँपालिका वडा नं १० का वडा अध्यक्ष श्री कुमार गुरूङले ए।टि।एम। बुथको समुद्घाटन गरेका हुन् । कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत श्री बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख श्री विशाल लामिछाने, मानव संशाधन प्रमुख श्री प्रजिता जोशी,घान्द्रुक शाखा प्रबन्धक श्री प्रदिप सुनाम, अन्य कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।


उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कुमार गुरूङले सो ए।टि।एम। सेवा मार्फत त्यहाँका स्थानीय वासिन्दाहरु लगायत पर्यटकहरूलाई पनि निकै नै सुविधा पुर्याउने विश्वास लिएको बताए । उनले बैंकले थप सेवा उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन समेत गरे।

Classic Tech Mobile
Classic Tech Desktop

साथै, बैंकले हालसालै बैंकिङ्ग पहुंचलाई थप विस्तार गर्दै जनतामाझ बैंकको पहुँच सहज बनाउने उद्देश्यले इलाम,कञ्चनबारी, लहान र कटारीमा चार नयाँ शाखा विस्तार गरेको सुचना अधिकारी रामहरि आचार्यले जानाकारी दिए ।

प्रतिकृया