• २० असोज २०८३, मंगलबार
  • ११ः१० बिहान

चुरे संरक्षण्मा सबै पक्षको सहकार्य आवश्यक छ : राष्ट्रपति भण्डारी

प्रकाशित मिति

२०७८ चैत्र २७ गते, आईतवार ०५:११

२७ चैत २०७८, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएकी छन् ।आइतबार रौतहटको माधवनारायण नगरपालिका–३ मा सञ्चालनमा आएको गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्दै उनले सो धारणा राखेकी हुन् ।

National Life

तरार्इ मधेशको जीवनसँग प्रत्यक्ष जोडिएको चुरे पर्वत श्रृंखलाको संरक्षणमा सरोकारवाला सबै गम्भीर रुपले लाग्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन् । राष्ट्रपति भण्डारीले तराइ मधेशको भूभागमा कृषि कार्यलाई प्रोत्साहन गर्दै अन्नबाली उत्पादन बढाउँदा त्यसले देशको अर्थतन्त्रमा ठूलो टेवा दिने भनाई ब्यक्त गरिन्। कृषि उद्योगको विकासबाट स्वेदशमै रोजगारी सिर्जना भई स्थानीय समुदायको आयआर्जन गराउन तथा उद्यमशीलता प्रवर्द्धन गर्न समेत मद्दत पुग्ने उनको विश्वास छ ।


प्रदेश सरकारले सुरु गरेको बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमले मधेशका छोरीहरुको शैक्षिक स्तरमा वृद्धि भएको बताउँदै राष्ट्रपति भण्डारीले स्थानीय सरकारहरुले विद्यालय शिक्षा तथा स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

तराइ मधेशमा व्याप्त बोक्सी तथा दाइजोजस्ता कुप्रथाहरु हटाउन स्थानीय स्तरबाटै जनचेतना अभिवृद्धि हुनुपर्ने उनले बताइन् ।गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानद्वारा निर्मित ३०० शय्याको सो अस्पतालको उदघाटन कार्यक्रममा मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र, पूर्वउपप्रधानमन्त्री तथा जसपाका नेता राजेन्द्र महतो, पूर्वमन्त्री तथा रौतहट क्षेत्र नं १ का सासंद अनिल झा, पूर्वराज्यमन्त्री डिम्पल झालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया