एकीकृत समाजवादीको निर्वाचन परिचालन कमिटी गठन
प्रकाशित मिति
२०७८ चैत्र २७ गते, आईतवार ०५:०४

२७ चैत २०७८ काठमाडौं : नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा एक हजार एक सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको हो ।
समितिमा केन्द्रीय कमिटी, तीन वटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरू, केन्द्रीय परिषद् सदस्यहरू, प्रदेशका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, जनसंगठनका केन्द्रीय पदाधिकारीलाई समेटिएको छ ।
२६ र २७ चैतमा बसेको पार्टीको २० औँ केन्द्रीय सचिवालय बैठकले महासचिव डा। बेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवायलसमेत गठन गरेको छ ।
उक्त सचिवालयमा प्रकाश ज्वाला, डा। गंगालाल तुलाधर, डा। विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य छन् ।
प्रतिकृया