• ८ साउन २०८३, शुक्रबार
  • ९:१८ बिहान

बैतडीको मेलौली नगरपालिकाका टोलहरूमा बिद्युत विस्तार हुँदै

प्रकाशित मिति

२०७८ चैत्र २६ गते, शनिबार ११:१६

२६ चैत्र २०७८, काठमाडौँ : बैतडीको मेलौली नगरपालिकाका गाउँ टोलहरूमा विद्युत सेवा सुचारु हुन थालेको छ । यसअघि सलेना बजार आसपासका क्षेत्रमा मात्रै विद्युत सुचारु भएकोमा शुक्रबार लिखोडामा समेत ट्रान्सफर्मर राखिएसँगै गाउँटोलहरूमा विद्युत सेवा सुचारु भएको हो ।


गाउँमा विद्युत सुचारु भएसँगै अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको स्थानीयबासी मान बहादुर चन्दले बताए । विद्युत पुगेकाले बत्ती बाल्नुका साथै मोबाइल चार्ज गर्न, टिभी तथा कम्युटर चलाउन सहज हुने जाकारी दिए ।

Kamana Sewa

गाउँमा विद्युत विस्तार भएसँगै नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय पाटनका प्रमुख पुष्पराज भट्ट तथा ठेकेदार दिनेश कुमार लामिछाने र भरतसिंह ओलीलाई स्थानियबासीले फुलमालाले सम्मान गरेका छन् ।

Classic Tech Desktop

मेलौली केही टोलहरूमा विद्युत विस्तारको ठेक्का आफ्नो कम्पनीले पाएकोमा जिम्मेवारी पुरा गरेको ठेकेदार लामिछानेले बताए । सलेनाका सबैभन्दा बढी बस्ती रहेका गाउँहरु लोर्खा र भोरामा ५सय मिटर तार अभावका कारण विद्युत सेवा सुचारु हुन सकेको छैन् ।


पोल गाडिएका उक्त टोलहरूका लागि पटक पटक तारको माग गरे पनि नपाएको मेलौली २ का वडाअध्यक्ष महेन्द्र चन्दले जानकारी दिए ।

प्रतिकृया