• 2:38 pm

पूर्वी युक्रेनको रेल स्टेशनमा रुसी क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु

प्रकाशित मिति

२०७८ चैत्र २५ गते, शुक्रबार ०४:१५

२५ चैत २०७८, काठमाडौं : पूर्वी युक्रेनको क्रामातोस्र्क शहरमा रुसी फौजले क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ । युक्रेनको राज्य सञ्चालित रेल कम्पनीले दिएको जानकारीअनुसार आक्रमणमा अरु १ सय भन्दा धेरै घाइते भएका छन् ।


रुसी फौजले रेल स्टेशनलाई लक्षित गरी दुई क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी रेल सेवाका प्रमुख ओलेक्सान्डर कामिशिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । क्रामातोस्र्क रेल स्टेशन पूर्वी युक्रेनमा अझै पनि सञ्चालित थोरै स्टेशनमध्येको एक रहेको जनाइएको छ ।


युक्रेनको डोनेत्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोले सामाजिक सञ्जाल टेलिग्राममार्फत् आक्रमणबारे जानकारी दिँदै शहरबाट भागेर सुरक्षित स्थानमा जानका लागि हजारौँ मानिसहरु भेला भएको बेलामा आक्रमण भएको जनाएका छन् ।


घटनास्थलतर्फ उद्धारकर्ता एवम् एम्बुलेन्सहरु परिचालन गरिएको छ ।

प्रतिकृया