• ५ साउन २०८३, मंगलबार
  • १२:२९ बिहान

नेपाल बार एसोसिएसनको अध्यक्षमा घिमिरे निर्वाचित

प्रकाशित मिति

२०७८ चैत्र २५ गते, शुक्रबार ०४:२६

२५ चैत २०७८, काठमाडौं : नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत ल्याएका छन् ।


यस्तै, महासचिवमा अन्जिता खनाल विजयी भएकी छन् । उनले ३६ सय ८२ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत प्राप्त गरेकी छिन् ।

Kamana Sewa

अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको छ । घिमिरे गठबन्धनका तर्फबाट चुनाव लडेका थिए भने अधिकारी प्रगतिशील समूहबाट उम्मेदवार थिए । उनको प्यानल नै पराजित भएको छ ।

Classic Tech Desktop

प्रतिकृया