• ४ साउन २०८३, सोमबार
  • ५:२५ बिहान

नेपाल इतिहासकै कठिन ढंगबाट चलिरहेको छ : राजेन्द्र लिङ्देन

प्रकाशित मिति

२०७८ चैत्र २५ गते, शुक्रबार ०४:४३

२५ चैत २०७८, काठमाडौं : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल इतिहासकै कठिन ढंगबाट चलिरहेको बताएका छन् । शुक्रबार काठमाडौको खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश सामान्य अवस्थाबाट देखेजस्तो नभएको भन्दै इतिहासकै कठिन ढंगबाट चलिरहेको बताएका हुन् ।


‘देश सामान्य अवस्थाबाट देखेजस्तो छैन । इतिहासकै कठिन ढंगबाट चलिरहेको छ’, उनले भने, ‘ठिक ढंगले निर्णय गर्न सकेनौ भने असफल राष्ट्रका रुपमा देखा पर्न सक्छ ।’

Kamana Sewa

उनले २०४६ पछि नेपाल कांग्रेस एमाले र माओवादीको गठबन्धनको शिकार भएको समेत आरोप लगाएका छन् । उनले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता स्वीकार्दा के भनिएको थियो ? भन्दै २०४६ पछि निरन्तर रुपमा देशमा सिमित नेता र दलको मुठिमा सिमित हुँदा दुर्दशा भएको आरोप लगाए । ‘ ‘यो देश काँग्रेस एमाले माओवादीको अघोषित गठबन्धनको शिकार भएको छ, देश वेरोजगार उत्पादन गर्ने कारखाना भएको छ’, लिङ्देनको भनाइ छ ।

Classic Tech Desktop

उनले बैंकको पैसा कहाँ गयो भन्दै ३१ बर्षसम्म सरकार चलाउदा पनि देश बनाउन नसक्ने तीन ठुला दल असफल भैसकेको दावी गरे । उनले दल असफल हुँदा चिन्ता नुहने भन्दै देश असफल बनाएकोमा राप्रपाको चिन्ता रहेको बताए । अध्यक्ष लिङ्देनले देशका उद्योग धन्दा बन्द रहेको भन्दै कुनै करदाताले कर तिर्न पनि उद्योग बेच्नुपर्ने अवस्था आएको बताए ।

प्रतिकृया