• १५ असोज २०८३, बिहीबार
  • १२ः२५ राती

एभर्टनमाथि बर्नलीको जित

प्रकाशित मिति

२०७८ चैत्र २४ गते, बिहीबार ०८:२५

२४ चैत्र २०७८, काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई बर्नलीले ३-२ गोल अन्तरले हराएको छ । बुधबार राति भएको खेलको १२औँ मिनेटमा नाथन कोलिन्स र ५७ औँ मिनेटमा जे रोड्रिगेजले बर्नलीका लागि गोल गरेका थिए ।

National Life

एभर्टनका लागि १८औँ र ४१ औँ मिनेटमा रिचार्लीसनले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलको ८५औँ मिनेटमा म्याक्सवेल कर्नेटले गोल गर्दै बर्नलीलाई ३-२ को जित दिलाए ।


यो जितसँगै २९ खेलबाट २४ अंक जोडेको बर्नली १८ औँ स्थानमा छ भने एभर्टन २५ अंक जोडेर १७औँ स्थानमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया