• १४ असोज २०८३, बुधबार
  • ८ः०८ राती

आईपीएल : कोलकत्ता शीर्ष स्थानमा, मुम्बईले खाता खोल्न सकेन

प्रकाशित मिति

२०७८ चैत्र २४ गते, बिहीबार ०६:३६

२४ चैत्र २०७८, काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडरर्स विजयी भएको छ। कोलकत्ताले पुनेमा बुधबार राति भएको खेलमा मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको हो। यो जितसँगै कोलकत्ता आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ।

National Life

सुरुमा ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो।कोलकत्ताको जितमा पाट कुमिन्स ५६ र भेन्काटेस आयरले ५० रन बनाए। मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले दुईदुई विकेट लिए।


पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो। मुम्बईका लागि सूर्यकुमार यादवले ५२ र तिलकवर्माले अविजित ३८ रन जोडे। कोलकत्ताका पाट कुमिन्सले दुई, उमेश यादव र वरुण चक्रवर्तीले एकएक विकेट लिए। मुम्बईले अंक जोड्न सकेको छैन भने शीर्ष स्थानको कलकत्ताले चार खेलमा ६ अंक बनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया