• १५ असोज २०८३, बिहीबार
  • १२ः२५ राती

आईपीएल : लखनउसँग हैदरावाद पराजित

प्रकाशित मिति

२०७८ चैत्र २२ गते, मंगलवार ०६:२२

२२ चैत्र २०७८, काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबारको खेलमा सनराईजर्स हैदरवाद पराजित भएको छ । लखनउ सुपर जायन्टसँग हैदरावाद १२ रनले पराजित भएको हो । यो उसको लगातार दोस्रो हार हो।

National Life

सुरुमा ब्याटिङ गरेको लखनउले दिएको १ सय ७० रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद पराजित भएको हो। हैदरवादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रन मात्र जोड्न सक्यो । हैदरवादका राहुल त्रिपाठीले ४४, निकोलस पुरणले ३४ रन बनाउँदा वासिङ्गटन सुन्दरले १८ रन जोडे । लखनउका आभेस खानले ४ तथा जासन होल्डरले ३ विकेट हात पारे भने कुर्नाल पाण्डयाले २ विकेट लिए ।


लखनउका लागि कप्तान केएल राहुलले ६८ र दीपक होडाले ५१ रनको अर्धशतकीय इनिङ खेले। हैदरावादका वासिङ्गटन सुन्दर, रोमारियो शेफार्ट र टी नाटराजनले २–२ विकेट लिए । आईपीएलको यो सिजनमा लखनउको यो दोस्रो जित हो । उसले एक हार र दुई जित गरेर ४ अंक जोडेको छ । लखनउ तालिकाको पाँचौं स्थानमा छ । दुई खेल खेलेको हैदरावादले खाता खोल्न सकेको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया