• १५ असोज २०८३, बिहीबार
  • १२ः२१ राती

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

प्रकाशित मिति

२०७८ चैत्र २१ गते, सोमबार १२:५७

२१ चैत २०७८, काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा पीएनजीका कप्तान असाड भालाले टस जितेर पहिले बलिङ रोजेका छन् ।

National Life

नेपालले केही बेरमा पीएनजीविरुद्ध ब्याटिङ थाल्नेछ । नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । कमलसिंह ऐरीको ठाँउमा आजको खेलमा सोमपाल कामी टिममा छन् । सिरिजको अघिल्ला चार खेलमा सहज जित हात पारेको नेपाल आजको खेलमा जित निकाल्दै उपाधि आफ्नो पक्षमा बनाउने योजनामा छ ।


पीएनजीले नेपालसँग सिरिजको दुई खेलमा हार ब्यहोरेको थियो । त्यसैले पीएनजी आजको खेलमा सहज जितको अपेक्षामा हुनेछ । तर, बलियो टोली नेपालविरुद्ध पीएनजीलाई जित निकाल्न सहज भने छैन् । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै सिरिज आफ्नो पक्षमा बनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया