नेयमार, एमबाप्पे र मेस्सीको गोलमा पीएसजीको फराकिलो जित
प्रकाशित मिति
२०७८ चैत्र २१ गते, सोमबार ०७:३३

२१ चैत्र २०७८, काठमाडौँ : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लोरियन्टलाई ५-१ गोल अन्तरले हराएको छ। आइतबार राति भएको खेलमा पीएसजीका लागि नेयमार र केलियन एमबाप्पेले दुई-दुई गोल गरे । लियोनल मेस्सीको नाममा एक गोल रह्यो ।
नेयमारले खेलको १२औं र ९०औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । एमबाप्पेले २८औं र ६७औं मिनेटमा गोल गर्दा मेस्सीले ७३औं मिनेटमा गोल गरेका थिए। खेलको ५६औं मिनेटमा लोरियन्टका टेरेम मोफीले एक गोल गरेका थिए ।
यस जितसँगै ३० खेलमा ६८ अंक जोडेको पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ । लोरियन्ट २८ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
Related
Recent News
- भारत पाक संघर्ष विराम, आज दुवै देशका डीजीएमओबीच वार्ता
- कस्तो रहनेछ आजको मौसम ?
- नौ महिनामा झन्डै १२ खर्ब विप्रेषण भित्रियो
- जेलेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
- आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै
- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई लुम्बिनी केवल कारमा विशेष छुट
- एनएमबि बैंकको अगुवाइमा दुई हाइड्रोपावर आयोजनाको वित्तीय व्यवस्थापन
- नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा
- नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- बजेटबारे निजी क्षेत्रले गर्यो अर्थमन्त्रीसँग छलफल
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया