• ५ साउन २०८३, मंगलबार
  • ९:१३ बिहान

वीरगन्जमा चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

प्रकाशित मिति

२०७८ चैत्र १८ गते, शुक्रबार ११:००

१८ चैत २०७८, काठमाण्डौं : वीरगन्जमा चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका–१६ बसपार्क स्थित एक ग्यारेज भित्रबाट मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई प्रदेश २–०३–००२ प ५९३७ नम्बरको चोरीको मोटरसाइकल र रेञ्च, छेनी, हतौडा, पेचकस, साँचो सहित पक्राउ गरेकोको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए।


बसपार्क स्थित रहेको वीरगन्ज महानगरपालिका २७ बस्ने मुन्ना अन्सारीको ग्यारेज भित्र पार्किङ गरिएको साइन मोटरसाइकल चोरी गरी भाग्ने क्रममा काठमाडौँ महानगरपालिका–१८ बस्ने ३४ वर्षीय कमल गिरी, भरतपुर महानगरपालिका–१५ बस्ने १९ वर्षीय निशान थापा र वीरगन्ज महानगरपालिका–१५ बस्ने १८ वर्षीय सन्दीप घिमिरेलाई पक्राउ गरिएको डिएसपी खनालले बताए ।

Kamana Sewa

उनीहरूले ग्यारेजको ताल्चा फुटाई मोटरसाइकल चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । चोरी सम्बन्धी कसुरमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । बारा, पर्सा, रौतहटमा विगत केही दिनदेखि मोटरसाइकल चोरीको घटनामा वृद्धि भएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

Classic Tech Desktop

प्रतिकृया