• 9:25 am

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

प्रकाशित मिति

March 28, 2022

१४ चैत २०७८, काठमाडौं : त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)बिरुदुध ब्याटिङ गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीका कप्तान असाड भालाले टस जितेर पहिले बलिङ रोजेका छन् ।
नेपालले केही बेरमा पीएनजीविरुद्ध ब्याटिङ थाल्ने छ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्न लागेको हो ।


नेपाल पीएनजीसँग पहिलो खेलमा ६ रन र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी–ट्वान्टी सिरिजमा त्यसको बदला लिने लक्ष्यमा छ ।

प्रतिकृया