• ३ साउन २०८३, आइतबार
  • ३:३८ बेलुका

कोरोनाको नयाँ भेरिएन्ट “नियोकोब” जनस्वास्थ्यकर्मी किन चिन्तित

प्रकाशित मिति

२०७८ चैत्र १४ गते, सोमबार ०१:०३

डा. केदार कार्की, १४ चैत २०७८, काठमाडौं : विश्व स्वास्थ्य संगठनको भनाईमा नियोकोवको बारेमा अहिले विस्तृत अध्ययन आवस्यक छ । विश्व भरीमा आमीक्रोन पछि अव कोरोनाको नयाँ भेरिएन्ट नियोकोबले चिन्ता बढाई दिएको छ । चीनमा बुहान विश्वविद्यालय एवं चाइनिज एकेडेमि अफ साइन्सेज इन्स्टीच्युट अफ बायोफिजिकस का बैज्ञानिकहरुले यसबारे ठुलो दावा गरेका छन । वैज्ञानिकहरुका अनुसार यो भेरिएन्ट दक्षिण अफ्रिका मा पाइएको हो । नियोकोब सार्स सिआवी–२ जस्तै कोरोना भाइरसको एउटा भेरिएन्ट हो ।


के हो नियोकोब ?

Kamana Sewa

एउटा नयाँ अनुसन्धान अनुसार चीनी अध्ययनकर्ताहरुले दक्षिण अफ्रीकाबाट एउटा नयाँ प्रकारको कोरोना भाइरस नियोकोव बारे चेतावनि दिएका छन । जसको संक्रमण हुँदा मृत्युदर धेरै हुने छ । कोरोना भाइरसको यो नयाँ मर्स सिओवी भाइरस सँग जोडिएको छ । यो सार्स सिओवि –२ को जस्तै एउटा भाइरस हो । अनुसन्धान का अनुसार नियोकोवमा मर्स भाइरस भन्दा उच्च मृत्युदर हुन सक्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार मर्ससिओवी कोरोना भाइरसको ठुलो परिवार संग सम्वन्धित छ । यसका कारण सामान्य रुधा खोकी ज्वरो एवं सार्स (सिवियर एकयुट रेस्पिरेटरी सिंड्रोम) सहीत अनेको रोगहरु हुन सक्तछन । यो मर्स सियोवी सङगै देखा पर्यो एवं दक्षिण अफ्रिकामा चमेरोमा पाइयो । पहिले यसलाई पशुहरुमा पनि देखिएको थियो । यदपि यो एउटा नयाँ भेरिएन्ट होइन मर्स सिओवी भाइरसले ज्वरो खोकि एवं सास लिन गाह्रो जस्ता लक्षणहरुका सम्बन्धमा सार्स सिओवी –२ जस्तै छ । यो २०१२ तथा २०१५ मा मध्यपुर्वी देशहरुमा प्रचलित थियो । यसको संक्रमण ले गर्दा धेरै मानिसहरुको मृत्यु भएको थियो । अनुसन्धानमा भनिएको छ । कि मर्स–सिओवी बिटा सिओवि(मर्बेकोभाइरस) को बश सङग सम्बन्धित छ । यसबाट लगभग ३५ प्रतिशत सम्मको मृत्युदर लाई हेर्दा यो एउटा ठुलो जोखिम मान्न सकिन्छ । अध्ययनकर्ताहरुले भनेका छन कि पूर्व संक्रमण वा कोरोना भाइरस खोपबाट उत्पन्न प्रतिरक्षाले जनसमुदायहरुलाई नियोकोव एवं नत मर्स सिओवी नैनोवाडी क्रास इनहिविट गर्न सक्ने छ । यी दुई भाइरस का कारण संक्रमण बढन सक्ने छ ।

Classic Tech Desktop

ओम्रिकोन अझै पनि जोखिम छ

अनुसन्धान कर्ताहरुले यस कुरामा जोड दिएका छन कि कसै ले पनी एकलै टि सेल सुरक्षामा भर पर्नु हुँदैन । ला जोला इन्स्टीच्युट फोर इम्युनोलोजीका बैज्ञानीकहरु द्धारा गरिएको अध्यनय जनसंख्याको स्तरमा प्रतिरक्षा माथी ब्याख्या गर्दछ । तर ब्यक्तिगत प्रतिरक्षा प्रतिकृयाहरु बेग्ला बेग्लै हुने गर्दछ । कोविड –१९ संग लडन का लागी कसैको पतिरक्षा प्रणाली मा भर पर्नु एउटा जुवा खेल्नुजस्तो मानिन्छ । त्यसैले जनस्वास्थ्य कर्मीहरु समुदायलाई अझै पनी सतर्क रहन एवं मास्क लगाउन आग्रह गर्दछन । तपाई कम प्रतिरक्षा प्रकृया भएका केहि मानीस मध्ये एक हुन सक्नुहोला कोरोना संक्रमण बाट बच्नको लागी विश्व भरिका धेरै देशहरुमा टिका करण अभियान चल्दो छ । सार्स सिओवी–२ को बेग्ला बेग्लै रुप वा भेरिएन्ट प्रति खोपहरु कति प्रभावकारि छ त एस कुराबारे एक अध्ययन बाट पत्तालगाईएको छ । यस क्रममा ला जोलाइन्स इन्स्टीच्युट फर इम्युनोली का वैज्ञानिक हरुले कोविड –१९ को खोप लाई सार्स सिओवि –२ का विरुद्ध प्रभावकारी पाएका छन । खोप लामो सम्म चल्ने टि कोशीकाहरु ब्नाउनमा मददत गर्दछन । यी कोशीका बेग्ला बेग्लै स्वरुपलाई पहिचान गर्न सक्दछन एल. जे. आ. का अनुसार प्रोफेसर शेन क्राटटी ले भनेका छन यी कोशीकाहरुले मानीसलाई संक्रमित हुन बाट त बचाउँदैनन तर कयौं मामलामा तपाईँले धेरै सिकिस्त बिरामी पर्न बाट बचाउँछ । यो तथ्याङक ती वयस्कहरुमा हासिल गरिएको थियो । जस्लाई पुरै खोप लगाइएको थियो । तर बुस्टर मात्रा दिइएको थिएन ।


सोधकर्ताहरु अव ती मानीसहरु मा टि कोशिकाहरु को प्रतिकृयाहरुको जाँच गर्दैछन जसलाई बुस्टर मा दिइयो तर कोविड–१९ बाट संक्रमित भए नयाँ कोशिका हरुको अध्ययन बाट यो थाहा हुन्छ की पुरा खोप लगाएका मानिसहरुमा कम मेमोरी भएका टी कोशिकाहरु हुन्छन एवं ओम्रिकोन भेरीएन्ट विरुद्धको एन्टीबडीलाई निष्कृय पार्दछन । यो खाज विश्वभरि का प्रयोगशालाहरुबाट प्राप्त प्रतिरक्षा कम हुने प्रारम्भिक रिर्पोट अनुसार छ । प्रयाप्त निष्प्रभावी एन्टीबडी बिना ओम्रिकोन संङग संक्रमित हुने बढि आसंका हुन्छ । कम स्मृति वा मेमोरी भएको वि कोशिका हुनुको अर्थ भाइरस संग लडनको लागी शरिरको अतिरिक्त न्युट्रीलाइजिङग एन्टीबडी को घुलनलाई कम गर्दछ ।


एल जे आई कि इन्स्ट्रकटर कैमिला कोएल्हो भन्छिन कि अधिकांस न्युट्रीलाइजिङग एन्टीबडी अर्थात एन्टीबडी जुन सार्स सि ओ वी –२ का विरुद्ध राम्रोसँग काम गर्छन रिस्पेटर बाइडिङग डोमेन वा आर वि डी नामक क्षेत्रसंग जोडिन पुग्छ । आजसम्म गरिएको अध्ययन अनुसार प्राप्त सुचना अनुसार ओम्रीकोन आर बि डीमा मौजुदा १५ म्युटेसन या उत्परिवर्तन अल्फा बिटा एवं डेल्टा जस्ता अन्य सार्स सि ओ वि –२ का स्वरुपहरुको तुलनामा मेमोरी वि. कोशिकाहरु लाई बाँधने क्षमतालाई धेरै कम गर्न सकने छ ।


आशा लाग्दो खवर यो छ कि एन्टीबडी एवं मेमोरी वी कोशीकाहरु लाई निष्कृय बनाउने एवं शरिरको अनुकुली प्रतिरक्षा प्रकुयाको मात्र दुई हाँगा हुन्छन । सार्स सि ओ वि –२ को सम्पर्कमा आउने ब्यक्तिमा टि कोशिकाहरुले संक्रमणलाई रोक्दैनन यस्को साटो टि कोशिकाहरु सरिरमा घुमी राख्दछन एवं पहिले देखि संक्रमित कोशिकाहरु लाई नस्ट गर्दछन जस्ले भाइरस लाई गुणन हुन एवं गम्भीर रोग गराउनबाट रोक्दछ । यसबाट यो बुझनमद्धत गर्दछ कि आमीक्रोन संक्रमण हुँदा पूर्ण खोप लगाएका समुदायहरुमा गम्भीर विरामी हुने सम्भावना कम किन हुन्छ ।


त्यसैले अझै भन्न सकिन्छ कोविड –१९ का विविध खाले उत्परिवर्तित उपभेदबाट बच्ने एउटै उपाय भनेको
सेनेटाइजर ले हाथ धुने बारम्बार
एक अर्काबाट राख्नुस दुई गज दुरी
ल्गाउनुहोस मास्क नियमित खोप त
छ है जरुरी
आफु पनी बच्नुस अरुलाई पनि बचाउनुहोस्

डा. केदार कार्की,
सेवा निवृत प्रमुख भेटेरीनरी जनस्वास्थ्य कार्यालय
त्रिपुरेश्वर

प्रतिकृया