• २५ भदौ २०८३, बिहीबार
  • ६ः२६ बेलुका

सामाजिक जवाफदेहीताको औजार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७८ चैत्र १४ गते, सोमबार १२:२५

१३ चैत २०७८, काठमाडौं : मानव अधिकार संचार प्रतिष्ठान नेपालको आयोजनामा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ६ तेलकोट बस्तीको सीमान्तकृत दलित समुदायको नागरिकहरु र स्थानीय सभा नगरकोटका प्रतिनिधिहरु सहित ३४ जनाको सहभागीतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत मदन अधिकारीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै नागरिकहरुलाई जागरुप बनाउन र नागरिक समाजका सवाल र मुद्दाहरुलाई स्थापित गर्न पैरबी र बहसको थालनी गर्दै नागरिक र सुशासन मैत्री स्थानीय तह निमार्ण गरि जवाफदेही र पारदर्शी बनाउन अभिमुखिकरण आयोजना गरिएको बताए ।

National Life

अभिमुखिकरण कार्यक्रममा प्रस्तुतिकरण गर्दै सुशासन तथा क्षमता विकास विज्ञ दिवेश सायमीले सामाजिक जवाफदेहीताका औजारहरु, सुशासन, जवाफदेहीता, पारदर्शिता र स्थानीय तहले प्रदान गरिरहेको सार्वजनिक सेवा प्रवाहमा नागरिक समाजको सहभागीता र चुनौतिहरु, सुचनाको पहुँच लगायत नागरिका मुलभुत विषय वस्तुहरुमा आफ्नो प्रस्तुतिकरण दिए।


प्रस्तुतिकरण पछि सहभागीहरुले धारणा व्यक्त गर्दै अझै पनि स्थानीय तहहरुले प्रदान गर्ने सार्वजनिक सेवा प्रवाहमा नागरिक सहभागीता हुन नसकेको, नागरिकको सवाल र मुद्दाहरु समेट्न नसकेको, सुचनाको सहज पहुँच नभएको दलित तथा सीमान्तकृत समुदायहरुको आवाज र सहभागीता सुनिश्चित हुन नसकेको विचारहरु उठान भएका थिए । साथै छलफलमा उठेका विषय वस्तुहरुलाई समेटर स्थानीय तहलाई नागरिक समाजको तर्फबाट ध्यानाकर्षण गराउनु पर्ने झक्झकाउनु पर्ने नागरिक समाज र जनप्रतिनिधिहरु विच छलफल हुनु पर्ने कुराहरु सहिता स्थानीय सभा नगरकोटमा संयोजक श्रीराम लामिछानेले कार्यक्रम समापन गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया